Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

दीपानारायणको स्वरमा ‘कोपिलाको पुकार’ सार्वजनिक

दीपानारायणको स्वरमा ‘कोपिलाको पुकार’ सार्वजनिक

काठमाडौँ : गायिका दीपानारायण झाको स्वर रहेको गीत एल्बम कोपिलाको पुकार सार्वजनिक गरिएको छ । गीतकार सङ्घले राजधानीमा एक कार्यक्रम गर्दै एल्बम सार्वजनिक गरेको हो । एल्बममा समाजसेवी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको एकल शब्द छन् ।

६ वटा गीतहरू समावेश एल्बम मुम्बईको कृष्ण स्टुडियोमा रेकर्ड गरिएको हो । एल्बमका गीतमा नरेन्द्र प्यासी, लक्ष्मण पोखरेल, मनोज चौलागाईं, बबिना भट्टराई, सरोज पोखरेल, शंकर थापा स्माईलले संगीत भरेका छन् । गीतमा दिपानारायणलाई अन्जु पन्त, प्रताप दास, बबिना भटटराई, शिवराम विश्वकर्मा लगायतले स्वरमा साथ दिएका छन् ।

गीतकार सरला श्रेष्ठको यात्रा शुभारम्भ कविता सग्रहमा सङ्गृहीत गीति कविता कोपिलाको पुकारलाई सङ्गीतकार लक्ष्मण पोखरेलले गीति लयमा तयार पारेका हुन । गीतमा मनोज चौलागाईको एरेन्ज छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij