Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

चलचित्र ‘लाज शरणम’को टिजर सार्वजनिक

चलचित्र ‘लाज शरणम’को टिजर सार्वजनिक

काठमाडौं : चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ।टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’को रोचक टिजर सार्वजनिक भएको हो।यो फिल्म शिवरात्री अवसरमा १४ फागुनमा नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ।

टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ छन्। कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)जस्ता ‘सक्किगो नि’ सिरियलका कलाकार पनि देखिनेछन्।

यसबाहेक, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, कमलमणि नेपाल, सीताराम कट्टेल ‘धुर्मुस’, रेणु योगी, विजय लामा, माला लिम्बुको पनि अभिनय छ ।फिल्ममा नवीन श्रेष्ठ निर्माता, रामनरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा छन् । सुदीप बरालले छायांकन गरेका हुन् ।

https://youtu.be/-QARtUsewxw

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij