Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘एक्टर: टेक वान’ का कलाकारको हल हलमा दर्शकसँग सेल्फी

‘एक्टर: टेक वान’ का कलाकारको हल हलमा दर्शकसँग सेल्फी

काठमाडौँ : शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ ले शुक्रवार र शनिवार बिहानैदेखि दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३ सय ३० शो फिल्मले पाएको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ ।

यसैबिच शनिवार अभिनेताहरू प्रदीप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । हलमा पुग्दा दर्शकले कलाकारसँग सेल्फी समेत खिचेका छन् । चलचित्रको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘वि वान्ट टेक टुु’ को नारा लगाएका थिए । दर्शकबाट टेक टु को माग हुँदा कलाकारहरूले उत्साहित हुँदै सेल्फी खिचेका थिए ।

चलचित्र हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्सको तारिफ गरेका छन् । प्रदीप खड्काको अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन र दिव्या रायमाझीको डेब्यु अभिनयको तारिफ भएको छ भने आना शर्माको केही वर्षपछिको अभिनयलाई रुचाइएको निर्देशक राजन भुसालले बताए ।

चलचित्रमा प्रदीप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका छ । यस अधृत फिल्म्स् र अमोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह निर्माता अनीश भुसाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij