२०२५ सांघाई अटो शोमा इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी एक्सपेङले ‘आइरन’ नामक ह्युमनाइड रोबोट प्रदर्शन गरेको छ, जो एआई चिप पावरबाट चल्छ भने यसमा ६० ज्वाइन्ट र २०० डिग्री फ्रिडमा उपलब्ध छ भने ३ हजार टोप्स सम्मको प्रोसेसिङ पावर छ ।
एक्सपेङले सो ह्युमनाइड रोबोट गत नोभेम्बरमै सार्वजनिक गरिसकेको र पहिले देखि नै यसको अटोमोटिभ प्रोडक्सन लाइनमा कार्यरत रहेको बताएको छ । आगामी दिनमा यसलाई ईभी एसेम्बलिङमा समेत सहयोगीको रुपमा लगाइने कम्पनीको भनाइ छ ।
५ फिट ८ इन्च अग्लो र ७० किलोग्राम तौल भएको आइरन ह्युमनाइड रोबोट हेर्दा मानिस जस्तै देखिने गरी बनाइएको छ । यसका हात १ः१ को स्केलमा बनाइएका छन् भने २२ डिग्री फ्रिडमका साथ उपलब्ध छन् । यसबाट कुनै पनि वस्तु चलाउन सहज हुने गरेको छ । परम्परागत रोबोट भन्दा पनि स्मुद र नेचुरल मुभमेन्ट हुने गरी यसको डिजाइन गरिएको एक्सपेङले बताएको छ ।
एक्सपेङको स्मार्ट ककपिटका आधारमा बनाइएको आइरनको भ्वाइस इन्टरेक्टिभ सिस्टमले एक्टिभ रिजनिङ र लजिकल थिङकिङमार्फत प्राकृति रुपमा कुराकानी गर्न निर्देशन दिन्छ । एक्सपेङका इलेक्ट्रिक गाडीमा प्रयोग गरिए जस्तै कोर एआई सिस्टममार्फत एक्सपेङको अटोनोमस ड्राइभिङ टेक्नोलोजीलाई एकीकृत गरिएको छ । यसले गर्दा अटोमोटिभ र रोबोटिक इकोसिस्टमको ग्यापलाई कम गरेको छ ।
हुडको तलतिर रहेको एक्सपेङको ‘टुरिङ एआई चिप’ र ‘तियान्जी एआईओएस’ सफ्टवेयर सिस्टम मार्फत आइरन संचालित हुन्छ । यी दुवैका कारण परसेप्सन, मुभमेन्ट र इन्टर्याक्सनका लागि एड्भान्स्ड इन्टेलिजेन्स उपलब्ध हुन्छ ।
त्यसैगरी रोबोटमा भएको इगल आई भिजन सिस्टम चाहिं एड्भान्स्ड क्यामेराद्वारा चल्छ । यसका कारण वातावरणीय सचेतना र निर्णय क्षमता उपलब्ध हुन्छ । भविष्यमा इन्टेलिजेन्ट मोबिलिटी र स्मार्ट रोबोटिक्स बिच एकीकरण हुने र यसबाट हुने ‘भिजन फर फ्युचर’ का लागि सो आइरन रोबोटले प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij