Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

करिश्मा पूर्वपति सञ्जयको हृदयघातका कारण मृत्यु

करिश्मा पूर्वपति सञ्जयको हृदयघातका कारण मृत्यु

काठमाडौं : भारतीय अभिनेत्री करिश्मा कपूरका पूर्व पति संजय कपूरको निधन भएको छ। ५३ वर्षीय संजय कपूरको हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। ​

इङ्गल्याण्डको गार्ड्स पोलो क्लबमा खेल्ने क्रममा अचानक संजय ढलेका थिए। उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई बचाउन सकेनन्। संजय कपूर एक प्रसिद्ध व्यापारी थिए र पोलो खेललाई धेरै माया गर्थे।

सन् २००३ मा, करिश्मा कपुरको संजय कपूरसँग विवाह भएको थियो। तर विवाहको केही वर्ष पछि, उनीहरूको सम्बन्धमा तिक्तता आयो।

त्यसपछि २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो। करिश्मा कपूरसँग सम्बन्धविच्छेद गरेपछि संजयले प्रिया सचदेवसँग विवाह गरेका थिए। करिश्मा कपूर र संजयका दुई छोराछोरी छन्। दुवै छोराछोरी करिश्मासँगै मुम्बईमा बस्छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट