Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

धारिलो हतियार प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ

धारिलो हतियार प्रहारबाट एक जना घाइते, तीन जना पक्राउ

इलाम :  इलामको इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब ४:३० बजे सोही स्थान बस्ने २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले सुवास लोहारमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट उनको गाला, टाउको र खुट्टामा चोट लागेको छ।

घाइते सुवासलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ र त्यहाँ उनको उपचार भइरहेको छ। धारिलो हतियार प्रहारमा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट