Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर

धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव (बा.१ च ५०३८ नम्बरका गाडी चालक), सप्तरीकै राजगढ गाउँपालिका–१ बस्ने ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारत बिहार प्रान्तको मधुबनी जिल्ला बस्ने ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्। त्यसैगरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ बस्ने ५९ वर्षीय राजकुमार शाह (को.१ च ८१८२ नम्बरका गाडी चालक) र सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन्।

आज बिहान करिब ३:०० बजे बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो। प्रहरीले उक्त गाडीहरूमा ८ वटा पोकामा राखिएको करिब २ सय १० किलो गाँजा लोड गरिरहेको अवस्थामा फेला पारेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट