Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘किन लाग्छ माया’ निर्माण हुने, धिरेनदेखि मिस पविसम्म पर्दामा

‘किन लाग्छ माया’ निर्माण हुने, धिरेनदेखि मिस पविसम्म पर्दामा

काठमाडौँ :  एसएण्डएस प्रोडक्सनको ब्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशन रहने फिल्मको छायाङ्कन असारको पहिलो साताबाट सुरु हुने बताइएको छ ।

फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पविको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउँवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाङ्कन, पुष्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।

यसैगरी फिल्मको छायाङ्कन काठमाडौँ, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्ने निर्माण पक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट