काठमाडौँ : कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘जारी २’को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन ३६ औँ दिनमा प्याकअप गरिएको हो । फिल्मको सम्पूर्ण छायाङ्कन पाँचथरमा गरिएको हो । निर्माण कम्पनी बाँसुरी फिल्मस्ले फिल्म आगामी बडादसैँको अवसरमा रिलिज हुने जानकारी दिएको छ ।
छायाङ्कन सकिएसँगै निर्माण टिमले फिल्मको मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको हो । सार्वजनिक तस्बिरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ ।
यो फिल्म स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहको छ । कवि सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij