Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप

‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप

काठमाडौँ : निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ । दश वर्षअघि ‘प्रेम गीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबिच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो । ‘प्रेम गीत’ पछि यी दुईमा मनमुटाव समेत बढेको थियो ।

निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग लिखित सम्झौता भएको जानकारी दिए । थापाले दश वर्षअघि फिल्म ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको स्मरण गर्दै अबको सहकार्य पनि सफल हुने आशा व्यक्त गरे । ‘प्रेम गीत’ प्रेमकथामा बनेको एक उत्कृष्ट फिल्म मान्न सकिन्छ ।

‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक कथामा बन्न लागेको हो । फिल्मले समाजको मूल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्वलाई दर्साउने छ । फिल्मका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन । चाँडै नै अभिनेत्री लगायत सम्पूर्ण कलाकार तथा प्राविधिक फाइनल गरी छायाङ्कनमा जाने निर्देशक थापाको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट