काठमाडौँ : ३५ वर्ष पुरानो गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा आएको छ । शान्तिराम राईले सङ्गीत गरेको गीतमा ‘द भ्वाईस अफ नेपाल सिजन ६’ का फस्ट रनरअप रोशन राईले स्वर दिएका छन् ।लुङ्टो क्रियशनको प्रस्तुति रहेको गीत बुद्धवीर लामाका शब्द छन् । पहिले यो गीतमा मेल भर्सनमा सरोज कुमार श्रेष्ठ र फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङले स्वर दिएका थिए ।
गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन् । स्व. विक्रम राई प्रति समर्पित गीतको एडिसनल सङ्गीत विक्रमले नै गरेका हुन् । जहाँ चर्चित गायिका मेलिना राईको स्वर छ ।गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ । भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।
https://youtu.be/gIW_LIObXbw© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij