काठमाडौँ : गायक शिव परियारको स्वरमा मर्मस्पर्शी गीत ‘अजम्बरी माया’ सार्वजनिक भएको छ । डा. राजुबाबु श्रेष्ठको शब्द, अनिश श्रेष्ठको सङ्गीत, आमोस तामाङको सङ्गीत संयोजन रहेको गीतको आकर्षक भिडियो पनि बनेको छ ।
भिडियोमा मोफसलमा रहेर कलाकारितालाई निरन्तरता दिइरहेका अभिनेता माधव केसीको अभिनय छ । केसीलाई भिडियो अभिनयमा मेनुका माझी र गणेश गहतराजले साथ दिएका छन् ।
मदन कश्यप घिमिरेको छायाङ्कन, मित्रा डी. गुरुङको सम्पादक रहेको भिडियो फिल्म निर्देशक समेत रहेका नबल नेपालको निर्देशन गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij