काठमाडौँ : गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले लगातार प्रदर्शनको एक सय दिन पार गर्न सफल भएको छ । फिल्मले शुक्रबारबाट ७ हलमा प्रदर्शनको एक सय दिन पार गरेको हो ।
फिल्मले काठमाडौँको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको एक सय दिन पुरा गरेको हो ।निर्देशक मिलन चाम्सले फिल्म प्रति दर्शकले देखाएको मायामा आभार व्यक्त गरेका छन् । ‘अञ्जिला’ले हालसम्म १२ करोड माथिको व्यापार गरिसकेको बताइन्छ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहनेर निर्माण भएको फिल्ममा एन्जिलानै मुख्य भूमिकामा देखिएकी छन् । फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij