काठमाडौँ : शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशन रहेको लघु फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक गरिएको छ । युवा पीढीमा रहेको विदेशी मोह र विदेश बसाइँको कारण कारण नेपालमा वृद्ध वृद्धाहरूले भोग्नु परेको एक्लोपन र मानसिक तनाव फिल्मले कथाको रूपमा उठाएको छ ।
मुकुन्द श्रेष्ठ, रचना सिंह, अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतको अभिनय रहेको फिल्म युवाहरूमा सन्देश दिने उद्देश्यले निर्माण भएको हो ।
किरण श्रेष्ठ र सन्दीप श्रेष्ठको सम्पादन, नीराजन सेंधाइको छायाङ्कन रहेको फिल्म म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा बनेको हो । फिल्म म्युजिक नेपाल इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बाहिर आएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij