काठमाडौँ : एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत सार्वजनिक भएको छ ।उनको शब्द रहेको ‘सुवास बनेर आउनु तिमी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । गीतमा मेलिना राईले आवाज दिएकी छन् । गीतको भिडियोमा प्रियंका कार्कीको अभिनय छ । गीतमा बसन्त सापकोटाले सङ्गीत भरेका छन् । सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
भिडियोलाई गज्जब टिभीबाट रिलिज गरिएको छ । गीतको एरेन्जर उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ मास्टरिङ श्याम स्वयत रसाईलीले गरेका छन् । गीतले प्रेम र पखाईको सन्देश दिन खोजेको छ ।
https://youtu.be/hqgyfl8bp40© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij