Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘लालीबजार’मा गर्भवती स्वस्तिमा

‘लालीबजार’मा गर्भवती स्वस्तिमा

मेरो फिल्मले केही दिन अगाडि नै नायिका स्वस्तिमा खड्काले फिल्म ‘लालीबजार’मा काम गर्न लागेको खबर सार्वजनिक गरेको थियो । आज यसको निर्माणपक्षले स्वस्तिमाको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पनि तय गरेको छ ।

षट्कोण आर्ट्सको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको प्रदर्शन मिति फागुन १ गतेलाई तोकिएको छ । सार्वजनिक पोष्टरमा नायिका स्वस्तिमा खड्कालाई गर्भवती महिलाको रुपमा देखाइएको छ । गर्भवती महिला भएपनि उनको शृङ्गार र हाउभाउले भने फरक चित्रण गरेको छ । फिल्मको पोष्टरमा उनको शारीरिक अवस्था र उनको चाहनाको भिन्नता स्पष्ट देख्न सकिन्छ ।

यम थापाको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्ममा रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको लगानी रहनेछ । प्रदीप भट्टराई फिल्मका कार्यकारी निर्माता हुन् । स्वस्तिमाले आफू विल्कुलै फरक भूमिकामा देखिन लागेको भन्दै यो पात्रलाई जीवन्त बनाउनका लागि कुनै कसर बाँकी नराख्ने बताइन् । दशैं लगतै छायांकनमा जाने यो फिल्ममा नायिका केकी अधिकारी पनि फाइनल भइसकेकी छिन् । तर, निर्माणपक्षले केकीको पोस्टर भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट