काठमाडौँ : ‘डोरी’ का निर्देशक अरुण लामाले ‘तथास्तु’ नामबाट फिल्म बनाउने भएका छन् । फिल्मको एक पोस्टर सार्वजनिक गर्दै उनले फिल्म घोषणा गरेका हुन् । सन् २०२७ मा रिलिज लक्ष्य राखिएको फिल्मलाई नेपाली र हिन्दी भाषामा तयार गर्ने उद्देश्य उनले लिएका छन् ।
एजी.सेभेन प्रोडक्सनको प्रस्तुतिमा बन्ने फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरूलाई मुख्य भूमिकामा लिइने निर्देशक लामाले बताए । उनका अनुसार फिल्ममा भारतीय कलाकारहरूको पनि अभिनय रहनेछ ।
फिल्मको छायाङ्कन नेपाल र भारतमा हुनेछ । आध्यात्मिक यात्रा, अन्तर्द्वन्द्व र सामाजिक यथार्थबिचको फिल्ममा भगवान् र मानिसहरूको लोकबिचको कथा समेटिने बताइएको छ । दुई चरणमा छायाङ्कन गर्न लागिएको फिल्मलाई अर्को वर्ष (२०८३) को सुरुवातमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij