Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘द ब्ल्यू लाइट’को छायाङ्कन २५ दिनमा सकियो

‘द ब्ल्यू लाइट’को छायाङ्कन २५ दिनमा सकियो

काठमाडौँ : साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । चलचित्रको छायाङ्कन २५ दिनमा सकिएको छ । काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्र बलिराम चौहानले निर्देशन गरेका हुन् । चौहानको यो निर्देशनमा डेब्यु चलचित्र हो ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीको अभिनय छ । चलचित्रको बालकलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

रमन ग्रे निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन् । ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट