Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

यस्तो छ ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर

यस्तो छ ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को आज ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउने यो फिल्म भदौको २७ गतेबाट रिलिजमा आउँदैछ । मित्र प्रधानको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा नेपाली भाषा र संस्कृति जोगाउनका लागि नेपालीहरूले गरेको संघर्षको कथालाई देखाइएको छ ।

फिल्मका निर्देशक मित्र प्रधानले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुलाई देखाएको बताए । यस्तै, फिल्मका निर्माता तथा कलाकार रोशन श्रेष्ठले पनि हरेक नेपालीले एक पटक हेर्नैपर्ने फिल्म बनेको बताए । यो फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यो फिल्ममा ज्ञान बहादुर प्रधानको लगानी छ । शिवम् अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन, समीर मियाको भीएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राइको संगीत रहेको यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

https://youtu.be/PxiLbxP28_A

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट