Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘सुख दुःख’ बाट निर्देशनमा डेब्यु गर्दै नीता

‘सुख दुःख’ बाट निर्देशनमा डेब्यु गर्दै नीता

नेपाली फिल्ममा अभिनयको लामो अनुभवलाई अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना (अधिकारी) ले निर्देशनमा प्रयोग गर्ने भएकी छिन् । उनले आफ्नो नयाँ फिल्म ‘सुख दुःख’ बाट निर्देशनमा डेब्यु गर्ने भएकी हुन् । शनिबार नीताले फिल्मको घोषणा गर्दै सार्वजनिक गरेको थिम पोस्टरमा उनको नाम निर्देशकका रूपमा उल्लेख छ । उनले फिल्मको प्रदर्शन मिति पनि तय गरेकी छिन्, जसअनुसार ‘सुख दुःख’ अर्को वर्षको दशैंमा प्रदर्शन हुनेछ।

नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्ममा कलाकारको लाइनअप भने अझै तयार भइसकेको छैन । यतिबेला स्क्रिप्ट लेखनको काम भइरहेको जनाइएको छ । नीताले ‘सुख दुःख’ बाट निर्देशक बन्ने आफ्नो सपना पूरा गर्दै छिन् ।

बाल कलाकारको रूपमा फिल्म ‘मितिनी’ बाट अभिनय करियर सुरु गरेकी नीताले अहिलेसम्म ५० बढी फिल्ममा काम गरिसकेकी छिन् । यसको मतलब अभिनयमा उनको लामो अनुभव छ । त्यही अनुभवको सहारामा उनले ‘सुख दुःख’ को निर्देशन गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट