Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

प्रमिला र सत्यराजको गीत ‘न जिउन सके न मर्नै सके’ सार्वजनिक

प्रमिला र सत्यराजको गीत ‘न जिउन सके न मर्नै सके’ सार्वजनिक

काठमाडौँ : गायक सत्यराज आचार्यको स्वर रहेको गीत ‘न जिउन सके न मर्नै सके’ सार्वजनिक भएको छ । गीतकार प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक तथा सङ्गीतकार चिरञ्जीवी भण्डारीले सङ्गीत दिएका छन् । गीतमा सङ्गीत संयोजन सञ्जीव बराइलीको छ ।

गीतको भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली, चिरञ्जीवी भण्डारी लगायतको अभिनय देख्न सकिन्छ । भिडियोमा कन्सेप्ट, कथा गीतकार गुरुङले नै तयार गरेकी हुन् ।चोखो माया गरेको व्यक्तिले मायामा विश्वासघात पाएपछि गर्ने नकारात्मक क्रियाकलाप भिडियोमा देखाउन खोजिएको हो । भिडियोमा उत्सव दाहालको छायाङ्कन र विष्णु खड्काले सम्पादन गरेका हुन् ।

https://youtu.be/HZDX2Laf6lA

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट