काठमाडौँ : तीज आउन अझै केही महिना बाँकी छ । बजारमा तीजलक्षित गीतसंगीत धमाधम आउन थालिसकेका छन् ।
यस्तैमा मोडल तथा निर्देशक शंकर बिसीको शब्द रहेको तीज गीत ‘साइँली छोरी’ सार्वजनिक भएको छ । गीतमा गायिका देवीका केसी र रामकुमार नेपालीको स्वर छ । रामकुमार नेपालीकै संगीत रहेको गीतको भिडियो पनि बनेको छ । जसमा शंकर बिसी र जुना विश्वकर्मा लगायतको अभिनय छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि बिसीले नै गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायांकन तथा नवीन घर्ती मगरको सम्पादन छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij