Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

सिद्धार्थ बैंकले गर्‍यो दोहोरो अंकको लाभांश घोषणा

सिद्धार्थ बैंकले गर्‍यो दोहोरो अंकको लाभांश घोषणा

काठमाडौं : सिद्धार्थ बैंकले दोहोरो अंक बराबर लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ५.०० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ । यसमा ५ प्रतिशत बराबरले हुन आउने ७० करोड ४४ लाख ४४ हजार रुपैयाँ बराबरको बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको रु. ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

बैंकले आव २०८१/८२ मा ३ अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा रु १ अर्व ८३ करोड कायम रहेको छ । गत असार मसान्तमा बैंकसँग जगेडा कोषबापत १६ अर्ब ८७ करोड रहेको छ । बैंकको नेटवर्थ ३० अर्ब ९६ करोड पुगेको छ भने २ अर्ब ८९ करोडले बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij