Logo

Nov 11 2026 | २०८३, कार्तिक २६गते

धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

कैलाली :  जिल्ला प्रशासन कार्यालय कैलालीले सङ्घीय सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न र गराउन जिल्लाका कृषक र उद्योगी व्यवसायीलाई अनुरोध गरेको छ ।

उचित मूल्य नपाइरहेको गुनासो किसानबाट आउन थालेपछि जिल्ला प्रशासनले शुक्रबार एक सूचना जारी गरी सङ्घीय सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्नरगराउन आग्रह गरेको हो ।

सङ्घीय सरकारको गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल मोटोधान तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यमधानको तीन हजार ६२८ रुपैयाँ ३३ पैसा न्यूनतम समर्थन मूल्य तोकेको जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

सरकारले तोकेको धानको समर्थन मूल्यअनुसारको मूल्य किसानले पाउन सकेका छैनन् । कञ्चनपुरका किसान केशव पाठकले व्यापारीको मूल्यमा एकाधिकार हुने गरेकाले किसानले उचित मूल्य नपाइरहेका बताए ।

उनले भने, ‘धान खरिद गर्ने व्यापारीले बिक्री गर्न जाने किसानलाई बढीमा रु दुई हजार ६५० भन्दाबढी दिन नसक्ने जवाफ दिन्छन्, भारतबाट पर्याप्त परिमाणमा चामल भित्रिने गरेकाले पनि किसानले धानको मूल्य पाएका छैनन् ।’

किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको धान किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर हुने आम्दानीबाट वर्षभरिको खर्चको जोहो गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij