Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाएर युवतीकाे हत्या, परिवारका सदस्य संलग्न

सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाएर युवतीकाे हत्या, परिवारका सदस्य संलग्न

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पुस ६ गते साँझ ३२ वर्षीया सुशीला बम्जनको आगो लगाएर हत्या गरिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार मृतककी नन्द ३५ वर्षीया मिना लामा बम्जनले पेट्रोल छर्केर आगो लगाएकी हुन्।

सिन्धुलीका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए अनुसार हत्यामा मृतककी सासु ५९ वर्षीया मायारानी बम्जन पनि संलग्न रहेको पाइएको छ। घटनामा मृतककी ससुरा दुर्गामान बम्जन घाइते भएका छन् र उनलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ।

प्रहरीले हत्यामा संलग्न दुवैजनालाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij