Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितवनका पत्रकार वसन्त ढुंगानालाई आर्थिक पत्रकारिता पुरस्कार, ५१ हजार रुपैयाँ राशीको सम्मान

चितवनका पत्रकार वसन्त ढुंगानालाई आर्थिक पत्रकारिता पुरस्कार, ५१ हजार रुपैयाँ राशीको सम्मान

भरतपुर : चितवन उद्योग वाणिज्य संघले पत्रकार वसन्त ढुंगानालाई आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको छ। संघले आफ्नो ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा ढुंगानालाई ५१ हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गरे। संघले हरेक दुई वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारलाई यस प्रकारको पुरस्कार प्रदान गर्दै आएको छ।

पत्रकार ढुंगाना चितवनमा रहेर एक दशकदेखि सक्रिय छन्। उनी रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनसहित विभिन्न सञ्चार माध्यममा काम गरिसकेका छन्। हाल उनी नागरिक दैनिक र नारायणी अनलाइनमा आवद्ध छन्।

बाग्लुङ जिल्ला, बरेङ गाउँपालिका–१ का जन्मिएका ढुंगानाले चितवनलाई पत्रकारिताको कर्मथलो बनाउँदै जिल्लाका कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि तथा व्यवसायिक प्रवर्द्धनसम्बन्धी विषयमा लगातार कलम चलाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट