Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विवादित संविधान संशोधनमा छलफल गर्न खड्गेले फेरि लेखे मोदीलाई पत्र

विवादित संविधान संशोधनमा छलफल गर्न खड्गेले फेरि लेखे मोदीलाई पत्र

काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले सरकारसँग सीमाङ्कनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउन माग गरेका छन् ।खड्गेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै संसद्मा विचारका लागि प्रस्ताव पेस गर्नुअघि सबै राजनीतिक दलसँग पर्याप्त छलफल गर्न आग्रह गरेका हुन् ।पत्रमा उनले सन् २०२६ अगस्ट १३ मा संसद्को वर्षे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको ६४ दिन बितिसक्दा पनि दुवै सदनको अधिवेशन अन्त्य नगरिएको उल्लेख गरेका छन् । उनले यस अवस्थालाई अभूतपूर्व भनेका छन् ।खड्गेका अनुसार उनले सीमाङ्कनसम्बन्धी कुनै पनि संविधान संशोधन विधेयक पेस गर्नुअघि सर्वदलीय बैठक बोलाउन माग गर्दै सन् २०२६ अप्रिल ११ मा पहिलोपटक मोदीलाई पत्र लेखेका थिए । तर, त्यसो नगरिएको उनको भनाइ छ ।

उनले अप्रिल १४ को साँझ विधेयकहरू सार्वजनिक गरिएको र अप्रिल १६ मा विशेष अधिवेशन बोलाइएको उल्लेख गरेका छन् ।त्यसपछि अप्रिल १७ मा लोकसभामा प्रस्तुत सीमाङ्कनसम्बन्धी संविधान संशोधन विधेयक आवश्यक दुईतिहाइ बहुमत प्राप्त गर्न नसकेर असफल भएको उनले बताएका छन् ।खड्गेले त्यसपछि पनि जुलाई १६ र अगस्ट २७ मा पत्र लेखेर सर्वदलीय बैठकको माग दोहोर्‍याएको उल्लेख गरेका छन् । अहिले चौथोपटक यस्तो माग गरिएको उनले बताएका छन् ।‘तपाईंका नयाँ प्रस्तावहरूमाथि विस्तृत छलफल गर्न कृपया सर्वदलीय बैठक बोलाउनुहोस्, ताकि संसद्मा विचारका लागि अन्तिम रूप दिनुअघि तिनमाथि छलफल गर्न सकियोस्,’ पत्रमा भनिएको छ ।

उनले सबै राजनीतिक दललाई आपसमा तथा सम्बन्धित पक्षसँग छलफल गर्न पर्याप्त समय दिनुपर्नेमा जोड दिएका छन् ।कांग्रेस अध्यक्ष खड्गेले व्यापक प्रभाव पार्ने संविधान संशोधन विधेयकलाई हतार र दबाबमा संसद्बाट पारित गराउने प्रयास नगर्न पनि मोदीलाई आग्रह गरेका छन् ।‘पहिले पनि तपाईंले त्यसो गर्ने प्रयास गर्नुभएको थियो र उक्त विधेयकले त्यसको उचित परिणाम भोग्नुपरेको थियो,’ उनले पत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट