काठमाडौं : चर्चित भारतीय युट्युबर ध्रुव राठीले आफू पक्राउ परेको भन्ने खबरको खण्डन गरेका छन् ।सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले आफ्नो गिरफ्तारीसम्बन्धी खबरलाई ‘फेक न्युज’ भनेका हुन् ।यसअघि सामाजिक सञ्जालमा विभिन्न प्रयोगकर्ताले नोएडा प्रहरीले राठीलाई पक्राउ गरेको दाबी गरेका थिए । राठीले त्यस्तै एउटा पोस्ट सेयर गर्दै त्यसको खण्डन गरेका हुन् ।राठी पछिल्ला केही वर्षदेखि जर्मनीमा बस्दै आएका छन् । कक्रोच जनता पार्टी (सीजेपी)ले आफ्नो आन्दोलनको दोस्रो चरण घोषणा गरेपछि उनी भारत आएका थिए ।
केही दिनअघि बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उनी सीजेपीका नेताहरूसँग एउटै मञ्चमा देखिएका थिए ।यसअघि अक्टोबर १० मा दिल्लीको जन्तरमन्तरमा सीजेपीले आयोजना गरेको प्रदर्शनमा उनी सहभागी हुने कार्यक्रम थियो ।तर, प्रदर्शनमा सहभागी हुनुअघि नै प्रहरीले उनलाई गुरुग्रामस्थित निवासबाट नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij