Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

मतदाताको स्पष्ट समर्थनसहित चिरञ्जिवि सुवेदी अध्यक्षमा निर्वाचित

मतदाताको स्पष्ट समर्थनसहित चिरञ्जिवि सुवेदी अध्यक्षमा निर्वाचित

भरतपुर : चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जिवि सुवेदी निर्वाचित भएका छन्। सोमबार सम्पन्न निर्वाचनको मतगणनापछि मंगलबार सार्वजनिक नतिजाअनुसार उनले आफ्ना प्रतिस्पर्धी शिरिष पन्तलाई पराजित गरेका हुन्।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा सुवेदीले १ हजार ४ सय ८४ मत प्राप्त गर्दा पन्तले १ हजार १ सय ८५ मत ल्याएका थिए। २ सय ९९ मतको स्पष्ट अन्तरसहित सुवेदी अध्यक्षमा विजयी भएका हुन् । निर्वाचनमा कुल २ हजार ७ सय १९ मत खसेको थियो भने संघका जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेको निर्वाचन समितिले जनाएको छ । नव निर्वाचित अध्यक्ष सुवेदीले व्यवसायिक हित, उद्योग प्रवर्द्धन र निजी क्षेत्रको सशक्त भूमिकाका लागि आफू प्रतिबद्ध रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट