Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

शिरीष पन्त दोस्रो पटक पनि उपविजेता

शिरीष पन्त दोस्रो पटक पनि उपविजेता

नारायणगढ : चितवन उद्योग वाणिज्य संघको हालै सम्पन्न अधिवेशनमा शिरीष पन्त दोस्रोपटक पनि अध्यक्ष पदमा उपविजेता बनेका छन्। अघिल्लो अधिवेशनमा सुमनकुमार श्रेष्ठसँग पराजित भएका पन्त यसपटक चिरञ्जीवी सुवेदीसँग प्रतिस्पर्धा गर्दै २९९ मतान्तरले पछि परे। अध्यक्षमा सुवेदीले १,४८४ मत प्राप्त गर्दा पन्तले १,१८५ मत ल्याए। अघिल्लो अधिवेशनमा ६७२ मतले पराजित भएका पन्तले यसपटक मतान्तर उल्लेख्य रूपमा घटाउन सफल भए पनि जित हात पार्न सकेनन्।

यस अधिवेशनमा कर्पोरेट/वस्तुगततर्फको उपाध्यक्ष पदमा राजन पिया विजयी भएका छन्। अघिल्लो पटक संस्थापन समूहभन्दा बाहिरबाट चुनाव लडेका पिया यसपटक संस्थापन समूहभित्र रहँदै १,७१२ मतसहित उपाध्यक्षमा निर्वाचित भए। उनले शिरीष पन्त समूहबाट उम्मेदवारी दिएका शङ्करप्रसाद घिमिरेलाई ७६० मतले पराजित गरे।

यता, उद्योगतर्फको उपाध्यक्ष पदमा भने संस्थापन समूहका उम्मेदवार अशोक अधिकारी पराजित भएका छन्। उनलाई शिरीष पन्त समूहका जनक पौडेलले १५१ मतान्तरले हराए। पौडेलले १,४०१ मत प्राप्त गर्दा अधिकारीले १,२५० मतमा सीमित भए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट