Logo

Nov 09 2026 | २०८३, कार्तिक २४गते

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९०, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय)प्रतिकिलो रु ४६ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ८०, बन्दा (तराई) प्रतिकिलो रु ५५,  काउली स्थानीय प्रतिकिलो रु १२०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु १४०, काउली तराई प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला लोकल प्रतिकिलो रु २२, सेतो मूला हाइब्रिड प्रतिकिलो रु २८, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी लोकल प्रतिकिलो रु १४०, घिउ सिमी हाइब्रिड प्रतिकिलो रु १२०, घिउ सिमी राजमा प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ९०, परबर तराई प्रतिकिलो रु २४०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी लाम्चो प्रतिकिलो रु ५०, हरियो फर्सी डल्लो प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ९० कायम गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij