काठमाडौं : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जुवातासविरुद्ध प्रहरीले रातभर विशेष अपरेसन सञ्चालन गरेको छ। आइतबार राति सञ्चालित उक्त अपरेसनमा कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा आफैँ फिल्डमा खटिएका थिए।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले वीरेन्द्रनगरका चार स्थानमा छापा मारेर जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले कुल ९ लाख ६६ हजार १३६ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
डीआईजी सापकोटा आफैँ वीरेन्द्रनगर नगरपालिका–४ मूलपानी चोकस्थित सुशील भारतीको घरमा पुगेका थिए। उक्त स्थानबाट ४ लाख १ हजार ४८६ रुपैयाँ नगदसहित १२ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ का मदन वली, वीरेन्द्रनगर–१० का मानसिंह रम्तेल, वीरेन्द्रनगर–४ का सुशील भारती, कमल खड्का, सन्तोष शाही, अमरबहादुर खड्का, चेतन गिरी, कुशुम रावल, वीरेन्द्रनगर–७ का नगेन्द्र अधिकारी, वीरेन्द्रनगर–४ का करण शाही, वीरेन्द्रनगर–९ का भक्त थापा र बर्दियाका अर्जुन शाही छन्।
त्यस्तै, वीरेन्द्रनगर–६ बुद्धपथस्थित खिमराज काफ्लेको घरबाट ५ हजार ८०० रुपैयाँसहित पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोहित गिरी, राजन शर्मा, विक्रम नेपाली, भरतन गुरुङ र हेमन्त नेपाली छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij