Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा निर्वाचन अधिकृतसहित पाँच जना घाइते

डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा निर्वाचन अधिकृतसहित पाँच जना घाइते

डडेल्धुरा : डडेल्धुरामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

जिल्लाको अमरगढी नगरपालिका- ११ रडुवा खोला स्थित के आई सिंह राजमार्गमा निर्वाचन कार्यालय डोटीका कर्मचारी चढेको गाडी दुर्घटना हुँदा पाँच जना घाइते हुन् । घाइते हुनेमा अजयमेरु गाउँपालिका- ६ घर भइ डोटीका निर्वाचन अधिकृत रहेका ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी रहेका छन् ।

त्यसैगरी तनहुँ भानु नगरपालि घर भइ नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सुर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका ५ का ४५ वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन्। डडेल्धुराबाट दिपायल तर्फ जाँदै गरेको स्कार्पियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij