Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

रुसमा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

रुसमा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

एजेन्सी : रुसको ओरेनबर्ग क्षेत्रको ओर्स्क सहरनजिकै सोमबार एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा तीन  जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार दिउँसो १२ः५१ बजे उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ सिभिल एभिएसनका दुई विद्यार्थी र एक प्रशिक्षकको मृत्यु भएको बताइएको छ । दुर्घटनाको समयमा उक्त विमानले प्रशिक्षण उडान भरिरहेको थियो । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij