Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर : कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको हो । गएराति जङ्गली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते भएकी हुन् ।

घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij