Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कांग्रेस प्रवेश गर्दै मिराज ढुंगाना, सभापति थापाले भित्र्याउने

कांग्रेस प्रवेश गर्दै मिराज ढुंगाना, सभापति थापाले भित्र्याउने

काठमाडौं : जेनजी अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका  छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुंगानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् । 

मिराजले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएका थिए । तर उनी आन्दोलनमा भने देखा परेनन् । माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम थियो । आन्दोलनमा घुसपैठ भउको भन्दै मिराजले सबै जेनजीहरूलाई घर फर्कन आह्वान गरेका थिए । तर, उनको आग्रहलाई कसैले नसुन्दा आन्दोलनले उग्र रुप लिएको थियो । जेनजी आन्दोलनपछि उनले नयाँ दल खोल्ने तयारीसमेत गरेका थिए । तर, अहिले उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् । सभापति थापाले नै ढुंगानालाई कांग्रेसमा भित्र्याउँदै छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij