Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

आईजीपीलाई व्यक्तिगत स्वार्थमा हटाउनु सत्ताको चरम दुरुपयोग : ज्ञानेन्द्र शाही

आईजीपीलाई व्यक्तिगत स्वार्थमा हटाउनु सत्ताको चरम दुरुपयोग : ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले व्यक्तिगत स्वार्थका आधारमा आईजीपीलाई पदबाट हटाउनु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन् ।सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि शाहीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आईजीपीले कुनै अपराध गरेको भए कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो। यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो।’

आईजीपीबाट कुनै गल्ती नभएको अवस्थामा उनलाई पदबाट हटाउनु भ्रष्ट आचरण भएको शाहीको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट