Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

मुग्लिनको जलविरे झरना नजिकै कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

मुग्लिनको जलविरे झरना नजिकै कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

चितवन : चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा कार चालकको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको साथबाट फेला परेको राहदानी (पासपोर्ट) का आधारमा उनको पहिचान भारत, पश्चिम बङ्गाल (कालिम्पोङ) का ४१ वर्षीय सायन्तन गायेन रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उक्त कारमा चालक मात्र सवार रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटना कसरी घट्यो भन्नेबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट