Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

दिउँसै अँध्यारो भयो काठमाडौं उपत्यका, मेघगर्जनसहित वर्षा

दिउँसै अँध्यारो भयो काठमाडौं उपत्यका, मेघगर्जनसहित वर्षा

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । 

बागमती प्रदेशका विभिन्न जिल्लामा पनि दिउँसो २ बजेदेखि वर्षा गराउने प्रणाली भित्रिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा गराउने प्रणाली पश्चिम नेपालबाट उत्तर पूर्वतिर सर्दै आएपछि अहिले काठमाडौं उपत्यकामा पनि मेघगर्जनसहित पानी पर्न सुरु भएको छ ।केहीबेर हावाहुरी चलेपछि अहिले काठमाडौंमा पनि मेघगर्जनसहित पानी पर्न सुरु भएको छ । 

यसअघि रुपन्देहीको बुटवल लगायतका क्षेत्रमा बादलसँगै हावाहुरी र वर्षाका कारण दिउँसै अँध्यारो भएको थियो । अँध्यारोका कारण बुटवल बजार क्षेत्रमा गुडेका गाडीहरूले दिउँसै बत्ती बाल्नु परेको थियो भने तीव्र हावाहुरीका कारण सडकमै गाडी रोक्नुपर्ने अवस्था आएको थियो ।

यसैगरी लुम्बिनी प्रदेशको रुपन्देही लगायत दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा हावाहुरीसहित पानी परिरहेको छ । दाङको अम्बापुर क्षेत्रमा सबैभन्दा धेरै ३३.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसैगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीका विभिन्न जिल्लामा पनि वर्षा भइरहेको छ।

विभागका अनुसार आज अपराह्नपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै वाग्मती, मधेस तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि यस्तै खालको मौसम रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले विभिन्न जिल्लामा ठूलो हुरीसहितको वर्षा हुने भन्दै हिजो नै सर्तकता अपनाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij