Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

नेपाल उद्योग वाणिज्य महासङ्घ :एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासङ्घ :एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता

काठमाडौँ :  नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फ उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ।महासङ्घको एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले बिहीबार आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएकी हुन् । सो समूहले अनुमान जयन्तीको अवसर पारेर महासङ्घ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको उम्मेदवार दर्ता गराएको हो ।

महासङ्घको यही चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्यमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनाश बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने रहेका छन् ।

त्यस्तै बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमल्सिना, सोभा ज्ञवाली, सन्दिप मखानी (अग्रवाल) , शैलेन्द्र गुरागाईँ र सुनिलनारायण श्रेष्ठले उम्मेदवारी दिएको दर्ता गराएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट