Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

डाटा सुरक्षा बोर्ड गठन गर्ने सरकारको तयारी, विधेयक ड्राफ्ट हुँदै

डाटा सुरक्षा बोर्ड गठन गर्ने सरकारको तयारी, विधेयक ड्राफ्ट हुँदै

काठमाडौँ : सरकारले साइबर सुरक्षाका लागि छुट्टै डाटा सुरक्षा बोर्ड स्थापना गर्ने तयारी अघि बढाएको छ । डिजिटल मिडिया फाउण्डेशनद्वारा शनिबार राजधानीको होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’मा बोल्दै प्रधानमन्त्री कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुवास ढकालले उक्त जानकारी दिए ।

ढकालका अनुसार सरकारले आगामी ६ महिनाभित्र मन्त्रिपरषदबाट पारित गरी त्यससम्बन्धी विधेयक संसदमा पेस गर्ने तयारीसहित विधेयक ड्राफ्टको काम भइरहेको छ । डाटा सुरक्षा नीतिबारे संविधानमै स्पष्ट व्यवस्था भएकाले सरकारले बोर्ड स्थापना गर्न लागेको ढकालको भनाइ थियो ।

‘डाटा प्रोटेक्सन पोलिसी हाम्रो संविधानमै छ । हामीलाई चाहिएको डाटा सुरक्षा बोर्ड हो’, उनले भने, ‘६ महिनाभित्र सरकारले डाटा सुरक्षासम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संसदमा लैजान्छ ।’

सरकारी मात्र नभई निजी क्षेत्र र नागरिकको डाटा सुरक्षाको लागिसमेत बोर्डको महसुस गरिएको ढकालले स्पष्ट गरे । यस्तै, उनले सरकारी निकायमा एआई प्रयोग गरी कसरी सेवा प्रवाह प्रभावकारी बनाउने भन्नेमा सरकार गम्भीर गृहकार्यमा रहेको बताए ।

विश्वव्यापी रूपमा एआईसँग सम्बन्धित सेवामा विश्वसँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेबारे सरकारले एआई नीतिमार्फत नै स्पष्ट गरिसकेको दाबी उनको छ । नेपालमा स्वच्छ ऊर्जाको प्रचुरता र हिमालय भएकाले एआई डाटा सेन्टरको सम्भावना रहेको ढकालले औँल्याए ।

डाटा सुरक्षा र साइबर सुरक्षा अब सरकारकाे मात्र नभई नागरिकको समेत जिम्मेवारीको विषय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट