Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटे

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटे

काठमाडौं : सम्पती शुद्धीकरण प्रकरणमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। 

प्रहरीको अनुसन्धान व्यूरो (सिआइबी) ले शुक्रबार राती पक्राउ परेका अग्रवाललाई आइतबार छोडेको हो। व्यवसायीक साझेदार दीपक भट्ट पक्राउ परेसँगै प्रहरीले शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो।

आइतबार यही ग्रुपका सञ्चालक तथा संकरका छोरा सुलभ अग्रवाललाई पनि पक्राउ गरिएको थियो । भट्ट पक्राउ परेसँगै फरार रहेका सुलभ बुबा शंकरलाई प्रहरीले नियन्त्रणमा लिएसँगै प्रहरीको सम्पर्कमा आएका थिए। 

सुलभ प्रहरीको सम्पर्कमा आएर हाजिर भएसँगै बुबा शंकरलाई प्रहरीले छोडेको हो। नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिने शंकर ग्रुपको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट