Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

कारबाहीमा परेकी बीमा बोर्डकी सदस्य जुनु श्रेष्ठ बैठकमा हाजिर

कारबाहीमा परेकी बीमा बोर्डकी सदस्य जुनु श्रेष्ठ बैठकमा हाजिर

काठमाडौँ : तीन पटक बैठकमा अनुपस्थित भएमा स्वतः निलम्बन भएकी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको बैठकमा उपस्थित भएकी छन् । 

मंगलबार बिहानदेखि श्रममन्त्री दीपक साहकी श्रीमती बोर्ड सदस्यमा नियुक्त भएको चर्चा भइरहेको थियो । बोर्डको ऐनमा ‘बोर्डलाई जानकारी नदिई लगातार तीन पटक बोर्डको बैठकमा अनुपस्थित भएमा अध्यक्ष, सदस्य र कार्यकारी निर्देशकको पद रिक्त मानिनेछ’ भन्ने व्यवस्था छ । बोर्डको सदस्यमा मनोनित भएकी श्रेष्ठ ११ पटक बैठकमा उपस्थित भएकी थिइनन् ।

नियमबमोजिम आवश्यक कार्यान्वयन गर्न तत्कालीन बोर्डका निर्देशक डा.रघुराज काफ्ले स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका थिए । श्रेष्टलाई तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बोर्ड सदस्यमा नियुक्त गरेका थिए । भौतिक रूपमा उपस्थिति नभएपछि उनलाई हटाएर बोर्ड सदस्यबाट रिक्त बनाइएको थियो । उनी हटाइएपछि अहिले एक सदस्य पद रिक्त राखिएको छ । उनको नाम बीमा बोर्डको वेबसाइटमा समेत छैन । तर उनले भने सोमबार बोर्डमा बैठकमा उपस्थिति जनाइन् । 

आफू बोर्ड सदस्यमा नियुक्त भएको सञ्चारमाध्यममा आएपछि श्रेष्ठले त्यसको खण्डन गरेकी थिइन् ।  तर स्वास्थ्यमन्त्रीको सचिवालयले उनलाई नियुक्तिभन्दा पनि निरन्तरता दिएको बताको छ । सचिवालयका एक सदस्यले भने, ‘जुनु पहिला नै सदस्य हुनुहुन्थ्यो । त्यहाँ नियमअनुसार तीन पटक बैठकमा उपस्थित नभए पद रिक्त रहने व्यवस्था रहेछ । तर बोर्डले उहाँ स्वास्थ्य बीमाको विज्ञ भएकाले आवश्यक भएकाले निरन्तर जिम्मेवारी सम्हाल्न भनिएको हो ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij