महेन्द्रनग : कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका छन्।
कारागारभित्र कैदीबन्दीहरुबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा–११ का १९ वर्षीय भुवन नाथ र सोही ठाउँका २६ वर्षीय भुवन ऐर घाइते भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए।
त्यसैगरी झडपमा परी भीमदत्त नगरपालिका–७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका–८ का २६ वर्षीय राजु दमाई समेत घाइते भएका छन् । अहिले कारागारको अवस्था सामान्य भइसकेको प्रहरी निरीक्षक थापाले बताए । झडपपछि कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij