Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सिराहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ

सिराहामा ब्राउन सुगरसहित तीन युवक पक्राउ

सिराहा : सिराहा नगरपालिका–१५ बुधौराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी खिरौनाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं‍. ३ बस्ने १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका वडा नं‍. १२ बस्ने १९ वर्षीय अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गत चैत २४ गते साँझ करिब ७स्०० बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको म‍.प्र.०१-००४ प २६८८८८ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको थियो। मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाएर राखिएको ३ वटा प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको उक्त पदार्थको तौल प्लास्टिक सहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ५०० मिलिग्राम रहेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूलाई चैत २५ गते सिराहा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक ओम प्रकाश पण्डितले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij