Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या

जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या

जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ।

कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएकोे प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा छन्।

दुवै जना कर्मचारी काठमाडौँमा रहे पनि सेवासुविधा जुम्लाबाटै लिइरहेका उनले बताए। कर्मचारी अभावमा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापनलगायत काम प्रभावित भएको छ । समयमै सेवा नपाउँदा सेवाग्राहीले गुनासो गर्न थालेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij