Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी  : कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शङ्का लागेर निरीक्षण गर्दा स्रोत नखुलेको रकमसहित शुक्रबार नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij