Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट

सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट

सप्तरी : जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहमा आज ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आगलागीबाट धर्मदेव दासको जस्ताले बनेको चार कोठे घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिए । सो आगलागीबाट दासको तीन कोठे भान्सा घरसमेत जलेर नष्ट भएको छ ।

आगलागीमा परेर खाद्यान्न, लत्ताकपडा र फर्निचरसहित गरी अनुमानित ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बाटो साँघुरो भएकाले समयमै बारुण यन्त्र घटनास्थलसम्म पुर्याउन नसक्दा बढी क्षति भएको थियो ।

स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुणयन्त्रको संयुक्त प्रयासमा आगो निभाइएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij