Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

पाल्पाको कालीगण्डकी नदीमा डुबेर युवकको शव फेला

पाल्पाको कालीगण्डकी नदीमा डुबेर युवकको शव फेला

बुटवल : पाल्पाको बगनासकाली गाउँपालिका–७ देउलाटाँडस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार हिजो साँझ स्थानीय ३१ वर्षीय शरण भुसाल र १९ वर्षीय तोयनाथ बस्याल नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

घटनापछि तत्कालै प्रहरी टोली खटिएर खोजी कार्य सुरु गरिएको थियो। सोही क्रममा आज बिहान कालीगण्डकी नदीको बीच भागमा बगनासकाली गाउँपालिका–१ चापपानीका १९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमबहादुर चौधरीले बताए । अर्का बेपत्ता भएका शरण भुसालको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij