Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सभामुखको कार्केडलाई ट्राफिक प्रहरीले चिट काट्यो

सभामुखको कार्केडलाई ट्राफिक प्रहरीले चिट काट्यो

काठमाडौँ : सभामुख डीपी अर्याल सवार कार्केडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । थापाथलीमा लेन क्रस गरेपछि अर्याल सवार गाडी र अगुवा–पछुवा सवारीसाधनलाई ‘लेन क्रस गरेको कसुर’ मा ट्राफिक प्रहरीले चिट काटेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

बुधबार बिहान थापाथली पुलबाट माइतीघरतर्फ जाँदै गर्दा सभामुखको कार्केडले लेन क्रस गरेको थियो । ट्राफिक प्रहरीका एक जना अधिकृतका अनुसार ‘भीआईपीको गाडीलाई सडकमै रोक्न नमिल्ने भएकाले पछ्याएर सिंहदरबार पुगेर जरिवाना गरिएको हो ।’ सभामुखको अगुवा गाडीमा प्रहरी र पछुवा गाडीमा सैनिक अधिकारीहरू रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij